अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार रहिरहे वृद्धभत्ता रोक्छ: अध्यक्ष ओली

गठबन्धन सरकार रहिरहे वृद्धभत्ता रोक्छ: अध्यक्ष ओली


बारा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार रहीरहे वृद्धभत्ता काट्ने दाबी गर्नुभएको छ।

बाराको चुनावी सभालाई सम्बोधन गर्दै अहिलेको सरकारले विकासको योजना काटेर आफन्त पोसेको आरोप लगाउनु भयो।

अध्यक्ष भन्नुभयो, ‘२० वर्षमा नभएको काम तीन वर्षमा गरेका थियौं। हामीले विकासको निर्माणको कामलाई अगाडि बढाइरहेका थियौं। अब गठबन्धन सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन्। हामीले जेष्ठ नागरिक भत्ता बढाएर चार हजार पुर्याएका थियौं। अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ। गठबन्धन सरकारले रोक्छ।’