अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपेन्द्रप्रति अध्यक्ष ओलीको कटाक्ष: कहाँको मान्छे चुनाव लड्न आयो, लडेपछि कहाँ जान्छ?

उपेन्द्रप्रति अध्यक्ष ओलीको कटाक्ष: कहाँको मान्छे चुनाव लड्न आयो, लडेपछि कहाँ जान्छ?


बारा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादीका अध्यक्ष तथा सत्तारुढ गठबन्धनको तर्फबाट बारा–२ का उम्मेदवार उपेन्द्र यादवप्रति कटाक्ष गर्नुभएको छ। उहाँले सोही क्षेत्रमा आायोजित चुनावीसभालाई सम्बोधन गर्दै यादवले चुनाव नजित्ने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कता-कता नाम सुनेको जस्तो लाग्छ। थर ठेगाना थाहा नभएको। कहाँको मान्छे चुनाव लड्न आयो, लडेपछि कहाँ जान्छ ? जित्ने त होइन । चुनाव लड्न आएका लड्छन्, लडेपछि फर्किन्छन् ।’

अध्यक्ष ओलीले पार्टीका उमेदवार पुरुषोत्तम पौडेल भने जनताको साथ लिएर आएको दाबी गर्नुभयो । उहाँले गठबन्धनको कार्यक्रमलाई टुक्रेसभाको संज्ञा दिँदै एमालेको बृहत्  आमसभा भएको दाबी पनि गर्नुभयो।

अघिल्लो पटक सो क्षेत्र जसपालाई छाडेको काम नलागेको उहाँको भनाइ छ । पौडेलले जितेपछि बीचमा राजीनामा दिएर नभाग्ने समेत बताउनु भयो । ओलीले पौडेलले जिते मतदाताले महसूस गर्ने गरी काम गर्ने भन्दै मतदान गर्न आग्रह समेत गर्नुभयो ।