बारा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार आफैँ ढल्ने बताउनु भएको छ।
बारा क्षेत्र नम्बर २ मा आयोजित चुनावी सभालाई आज सम्बोधनका क्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले प्रचण्ड नेतृत्वको सरकारलाई म्यादीको पनि संज्ञा दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘यो म्यादी सरकार हो। सन्ठी जोडेर बनाइएको म्यादी सरकार यो आफैँ ढल्छ । मैले हामी ढाल्छौँ भनेको छैन। हामी यो सरकारलाई हात पनि लगाउँदैनौँ, यो आफैँ ठीक भइहाल्छ।’

अध्यक्ष ओलीले यो सरकार लामो चल्न नसक्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो लामो समय चल्ने सरकार होइन, केही दिनको मेहमान हो । धेरै चल्यो भने यो खन्चुवा मेहमानलाई पाल्न सकिँदैन। बिदा गर्ने प्रक्रिया यहीं बाराबाट सुरु गरौँ। १० गते गठबन्धनलाई यहाँबाट बिदा गरौँ।’






प्रतिक्रिया