बारा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले परिवार मात्रै सपार्ने काम गरेकाे बताउनुभएकाे छ।
आज बाराकाे पचराैतामा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र देउवाहरुकाे उद्देश्य परिवार र आफ्न्त सपार्ने बाहेक अरु केही नरहेकाे बताउनुभयाे।
अध्यक्ष ओलीले प्रचण्ड, देउवा र माधव नेपाल बाराका जनतालाई अल्मल्याउनका लागि उपेन्द्र यादवलाई भाेट माग्न आएकाे बताउनुभयाे। उहाँले भन्नुभयो, ‘उहाँहरु केही गर्ने हाेइन, आफ्न्त, नातागाेता, छाेरी-बुहारी, साला-श्रीमती, के-के सपार्ने हाे त्यही सपार्ने हाे, अरु केही हाेइन, त्यसकारण उहाँहरु यहाँ बेकार आउनुभएकाे हाे ।’
सरकारमा बसेपछि काम गर्नुपर्ने भन्दै उहाँले प्रचण्ड, देउवा र नेपाललाई यस क्षेत्रकाे विकास गरेर देखाउन चुनाैती दिनुभयाे। अध्यक्ष ओलीले प्रश्न गर्नुभयाे, ‘उहाँहरु किन आउनुहुन्छ ? उहाँहरु सरकारमा हुनुहुन्छ यहाँ आइरहनु पर्दैन, प्रचार गर्न पर्दैन ? याेजना पार्नुस्, बाटा बनाउनुस्, सिंचाइका काम वा अरु काम गर्नुस्, अनि के भन्न आउनुहुन्छ एमालेका विरुद्ध ?’
एमालेले सरकारकाे नेतृत्व गर्याे कि विकास गरिहाल्ने तर अरुले केही नगर्ने बताउँदै उहाँले भन्नुभयाे, ‘एमालेले एकपल्ट सरकार बनाउने माैका पायाे, काेशी नदी थुनेर बारा, राैतहट, महाेत्तरी र केही अंश धनुषा समेत गरेर १ लाख ८५ हजार विघा जमिन सिंचाइ गर्ने आयाेजना तयार गर्याे, एमालेले गर्दाेरहेछ नि सिंचाइ तराईमा ।’
देश र जनताका लागि केही गर्न नसक्नेहरु भाेट माग्न किन आएकाे भन्दै अध्यक्ष ओलीले प्रचण्ड र देउवालाई प्रश्न गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘प्रचण्डजी र शेरबहादुरजी बाराका जनतालाई के भन्न आउनु भएको ? पहिला डढेल्धुरामा खानेपानीकाे एउटा आयाेजना त बनाएर देखाउनुस्, मैले राेस्टमा उभिएर पार्लामेन्टबाट साेधेँ- शेरबहादुरजी पाँचपल्ट प्रधानमन्त्री हुनुभयाे एउटा काम के गर्नुभयाे बताउनुस् त ? उहाँले अहिलेसम्म बताउन सक्नुभएकाे छैन, तपाई बसेकाे ठाउँबाट मलाई साेध्नुस् हामीले गरेका सयवटा काम तत्काल बताउन सक्छु भनेर मैले भनेकाे थिएँ ।’
एमालेले सिंगाे देशसँगै मधेशमा विकास र समृद्धि दिएकाे तर प्रचण्डहरुले जनतालाई घाउ दिएकाे अध्यक्ष ओलीले बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘म मधेशमा आएर जनतालाई भन्न सक्छु- जनता आवास कार्यक्रम अन्तर्गत हामीले घर बनाएर जनतालाई दिएका छाैं, प्रचण्डजी के दिनुभएकाे छ ? शहीद दिनुभएकाे छ, अपांगता दिनुभएकाे छ, घाइते बनाउनुभएकाे छ, के गर्नुभएकाे छ ? म भन्न सक्छु- हुलाकी राजमार्ग बनाएँ, तीन जना पूर्व प्रधानमन्त्री समेत आउनुभएछ तीन जनाले एउटा कुरा गर्नुस् त एउटा गरेँ भनेर, केही पनि छैन ।’
बारा-२ मा वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपचुनावमा एमाले उम्मेदवार पुरुषाेत्तम पाैडेलले जित्ने भन्दै अध्यक्ष ओलीले प्रचण्ड र देउवाहरुले बेकार दु:ख पाएकाे टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘हुलाकी राजमार्ग बनाउनुभयाे ? भएन, ढल्केबर-जनकपुर, पथलैया-वीरगञ्ज, कलैया जाने राेड बनाउनुभयाे ? कुन चाहिँ आयाेजना बनाउनुभयाे ? सुनकाेशी मरिण डाइभर्सन गरेर पानी बिजुली ल्याउने काम गर्नुभयाे ? के-के गर्नुभयाे उहाँहरुले भन्दा वीरगञ्ज कारखाना बन्द गर्नुभयाे, अनेक कारखाना बन्द गराउनुभयाे, बेराेजगारी थप्नुभयाे, राेजगारी कहाँ सिर्जना गर्नुभयाे ? कुन पुल बनाउनुभयाे ? हामीले हजाराैं पुल बनाऔं ३ वर्षमा, अनि किन आउनुभयाे गर्मीमा दु:ख गर्न बेकार ? के भन्न आउनुभएकाे ?






प्रतिक्रिया