अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ: सचिव भट्टराई

एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ: सचिव भट्टराई


दमौली – नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद्मा आफ्नो पार्टीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभएको छ।

प्रेस चौतारी नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसद्मा टाउको हल्लाउनेमात्र नभई कमजोरी औँल्याउने भूमिका एमालेले निभाउने बताउनुभयो ।

सचिव भट्टराईले प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समिति बनाउन एमालेले प्रस्ताव गरेको बताउनुभयो । “संवैधानिक परिषद्मार्फत प्रधानन्यायाधीश नियुक्तिका लागि बैठक बसे पनि त्यो टुङ्गोमा पुग्न सकेको छैन, प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समिति गठन गरौँ भन्ने एमालेको प्रस्ताव हो”, उहाँले भन्नुभयो ।

सचिव भट्टराईले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप विधेयकमा एमालेको केही आपत्ति रहेको बताउनुभयो । “उक्त विधेयक पीडितको पक्षमा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो, पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा हामी छौँ ।”