अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेतृत्वको सरकारले मात्र देशको विकास गर्छ: अध्यक्ष ओली

एमाले नेतृत्वको सरकारले मात्र देशको विकास गर्छ: अध्यक्ष ओली


बारा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई दशकमा नभएको काम आफू नेतृत्वको सरकारले तीन वर्षमा गरेको दावी गर्नुभएको छ।

बारा निर्वाचन क्षेत्र २ मा आयोजित कार्यक्रममा आज उहाँले सो दावी गर्नुभएको हो। उपनिर्वाचनमा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलको पक्षमा माहोल बनाउन बाराको पचरौतामा बिहीबार आयोजित चुनावी सभामा उहाँले एमाले नेतृत्वको सरकारले मात्र देशको विकास सम्भव रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समाजिक सुरक्षालगायतको भत्ता एमाले सकारले ल्याएको हो, बृद्धि गरेर चार हजार बनाएका छौं।’ गठबन्धनका नेताहरुले मुलुक विकास गर्नुभन्दा एमालेलाई गाली गरेर समय व्यतित गरिरहेको उहाँले टिप्पणी गर्नुभयो ।  वर्तमान सरकार जति लामो समय टिक्यो त्यति देशको आर्थिक अवस्था कमजोर हुने उहाँले दावी गर्नुभयो।  

बाराको निर्वाचन क्षेत्र २ मा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका पुरुषोत्तम पौडेललाई विजयी गराउन र विकासको अभियानमा साथ दिन उहाँले आग्रह गर्नुभयो ।