काठमाडौं – नेकपा एकीकृत समाजवादी परित्याग गर्नुभएका वरिष्ठ नेता मुकुन्द न्यौपाने नेकपा एमालेमै फर्कने निर्णयमा पुग्नुभएको छ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको तेस्रो वरियतामा रहनुभएका न्यौपानेले गत चैत २५ गते सो पार्टी परित्याग गर्नुभएको थियो। अध्यक्ष माधव नेपाल राष्ट्रियता र कम्युनिष्ट आन्दोलनबिरुद्ध लागेको र जनताले अस्वीकृत गरेको पार्टीमा नरहने निश्कर्षसहित पार्टी परित्याग गर्नुभएका वरिष्ठ नेता न्यौपाने आफ्नो टीमसहित कम्युनिष्ट पार्टीको स्थापनाको दिन अर्थात अप्रिल २२ (वैशाख ९) गते आयोजना हुने विशेष कार्यक्रमबीच एमालेमै समाहित हुन लाग्नुभएको हो।
वरिष्ठ नेता न्यौपानेसहित उपाध्यक्ष त्याग्नुभएका केदार न्यौपाने, स्यायी कमिटी सदस्य चुडामणि जंगली बिश्वकर्मासहित मकवानपुर, दाङ, रुकुम, रोल्पासहित २७ जिल्लाका नेताहरु एमालेमा समाहित हुन लाग्नुभएको हो। ७७ वटै जिल्लामा एमालेमा समाहित हुने छलफल भइरहेकोल जिल्ला जिल्लामा पनि कार्यक्रम गरी समाहित हुने कार्यक्रम तय भएको नेता न्यौपानेले बताउनु भयो ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पार्टी स्थापनाको दिन शनिवार (बैशाख ९ गते) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रममा न्यौपानेसहितका नेताहरु एमालेमा समाहित हुने कार्यक्रम तय भएको हो ।






प्रतिक्रिया