अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज नेकपा स्थापना दिवश,एमालेले १४ जना योद्धालाई सम्मान गर्ने

आज नेकपा स्थापना दिवश,एमालेले १४ जना योद्धालाई सम्मान गर्ने



काठमाडौं- आज नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवशको दिन । २००६ वैशाख १० गते तद्नुरुप २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित हुनुहुन्थेन ।

कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अंग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको र नेपालीहरू १ सय ४ वर्ष लामो जहानियाँ राणा शासनको निरंकुशताबाट मुक्त हुन खोजिरहेको बेला भएको थियो ।
यसै सन्दर्भमा आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासलमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विगतको संकटपूर्ण अवस्थाबाट यहाँसम्म ल्याइपुर्याउन महत्वपूर्ण योगदान १८ जना योद्धाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यलयले जनाएको छ ।