अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्युनिष्टलाई एक हुन नदिन विभिन्न शक्ति लागेको छ: अध्यक्ष ओली

कम्युनिष्टलाई एक हुन नदिन विभिन्न शक्ति लागेको छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट शक्तिलाई एक हुन नदिन ठूलो चलखेल भएको बताउनुभएको छ।

नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

अध्यक्ष ओलीले विभिन्न स्वार्थ देखाएर कम्युनिष्ट शक्तिलाई तितरवितर बनाई राजनीतिक स्वार्थ लिन राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति लागेको बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। 

कम्युनिष्ट पार्टीमाथि २०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टी एक भएमा नेपालको विकास हुन्छ र राजनीतिक स्थायित्व हुन्छ भनेर अन्तर्राष्ट्रिय शक्ति भयभित रहेको र विभिन्न बहानामा कम्यनिष्ट शक्तिलाई फुटाउँदै आएको छ, यसमा देशका केही नेताहरु पनि उनीहरुको स्वार्थमा फसेका छन् ।’

कम्युनिष्ट शक्तिलाई एक गरेर करीब दुई तिहाई बनाउँदा पनि टिकाउन नसकिएको भन्दै अध्यक्ष ओलीले नेताहरु स्वार्थमा लागेपछि पार्टी जोगाउन नसकिएको जिकिर गर्नुभयो । पार्टी एकता र एकीकरण गरेर झण्डै दुई तिहाई बनाएका थियौं, थप शक्तिलाई मिलाउँदै जाने अभियानमा थियौं तर विभिन्न शक्तिले चलखेल गरेपछि त्यो अभियान सफल भएन उहाँले भन्नुभयो। 

अध्यक्ष ओलीले देश बनाउन एमाले एक्लैलाई बहुमतको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले एक्लैले बहुमत ल्याउने हो भने १० वर्षभित्र मुलुकबाट गरिवी समाप्त गरिदिन्छौं, मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउँछौं । २५ वर्षभित्र एमालेले मुलुकलाई आधुनिक र विकसित राष्ट्र बनाउने स्पष्ट योजना बनाएको छ।’ 

आउँदो निर्वाचनमा एमाले एक्लैलाई बहुमत दिनुस्, हामीले देशलाई समृद्धि दिन्छौं अध्यक्ष ओलीले थप्नुभयो, “खान, लगाउन पुग्ने देशको रुपमा, गरीबी नभएको देशको रुपमा र आधारभूत आवश्यक्ता परिपूर्ण भएको देशको रुपमा १० वर्षको अवधिमा हामी विकास गर्छौं ।” देश बनाउने महान अभियानमा लाग्न उहाँले पार्टी पङ्तिलाई आव्हान पनि गर्नुभयो।