पोखरा- नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार १ सय ४ दिनमा ढलेको छ।
शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत गुमाएसँगै एमाले नेतृत्वको गण्डकी सरकार ढलेको हो।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम गएको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका उनले सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन्।
मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा एमालेका २२ जना राप्रपाका २ जना गरी २४ जना सांसदले समर्थन गरेका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका ७ जना र मनाङबाट निर्विरोध चुनाव जितेर हाल नेकपा एकिकृत समाजवादी प्रवेश गरेका १ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएनन्।
एमाले गण्डकीका संसदीय दलका नेता अधिकारी माओवादी केन्द्र र राप्रपा सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले एमालेका तीन जना, माओवादी केन्द्रका दुई जना र राप्रपाका एक जना मन्त्री नियुक्त गर्नुभएको थियो ।
संघीय सरकारबाट एमाले बाहिरिएपछि गत चैत १० गते गण्डकी सरकारबाट माओवादी केन्द्र बाहिरिएको थियो ।






प्रतिक्रिया