अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा स्थापना दिवशमा सम्मानीत भए यी सेल्टरदाताहरु

नेकपा स्थापना दिवशमा सम्मानीत भए यी सेल्टरदाताहरु


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसका अवसरमा नेकपा एमालेले नेपालको कम्युनिष्ट आन्दोलनमा अमूल्य योगदान गर्नुभएका १४ जनालाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गरेको छ ।
नेकपाको ७५औं स्थापना दिवसका अवसरमा पार्टीद्वारा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आज आयोजित ‘नेकपा स्थापनाको हिरक महोत्सव २०८०’ विशेष कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नुभएका १४ जना कमरेडहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्नुभयो ।


सम्मानित हुनेहरूमा कृष्णा अधिकारी स्याङ्जा, छविलाल आचार्य चितवन, जीवन राई कैलाली, टेकबहादुर राई मोरङ, डिल्लीराज भट्ट कैलाली, दलबहादुर श्रेष्ठ काभ्रे, दलु छायाँ ,सुनसरी, निरसन पासमान धनुषा, बालकृष्ण बिसी सुर्खेत, बालाराम शर्मा सुर्खेत, मोहनलाल शर्मा बागलुङ, लिलामणि ढुङ्गाना अर्घाखाँची, शिवदयाल विश्वकर्मा सिरहा र हरिप्रसाद ज्ञवाली गुल्मी हुनुहुन्छ ।