काठमाडौं- बारा,चितवन र तनहुँमा आज उप निर्वाचन हुदैछ । अहिले विहान सातबजे देखि तीनै ठाउँमा मतदान सुरु हुने निर्वाचन अधिकृतका कार्यलयहरुले जनाएका छन् । मतदान सााभ्mा पाँच बजे सकिने छ । मतदानको लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।
मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति,बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति चयन भएपछि ति निर्वाचन क्षेत्र रिक्त भएका हुन् । यसैगरी चितवन २ मा रवि लामिछाने नक्कली नागरिकता प्रकरणमा मुछिएपछि संसद पद खारेज भएको थियो ।






प्रतिक्रिया