अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन : तीनै निर्वाचन क्षेत्रमा मतदान सुरु

उपनिर्वाचन : तीनै निर्वाचन क्षेत्रमा मतदान सुरु


काठमाडौँ-तीनै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बारा  २, चितवन २ र तनहुँ १ मा मतदान सुरु भएको हो । 

आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ । 

आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आयोगले आह्वान गरेको छ । 

आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको जनाएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको  आयोगले जनाएको छ ।