अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा २ को एउटा मतदान केन्द्रबाट जसपाका कार्यकर्ता पक्राउ 

बारा २ को एउटा मतदान केन्द्रबाट जसपाका कार्यकर्ता पक्राउ 


जनकपुरधाम । बारा निर्वाचन क्षेत्र नम्बर २ को एउटा मतदान केन्द्रबाट जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ता पक्राउ परेका छन् । 

बाराको देवताल गाउँपालिका–७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट जसपाका रामसागर यादव पक्राउ परेका हुन् । 

उनीसँग दुई वटा मतपत्र भेटिएकाले अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका यादवसँग मतदान अधिकृतको हस्ताक्षर नभएको दुई वटा मतपत्र भेटिएको छ । 

उनी जिल्ला समन्वय समितिका सदस्यसमेत हुन् ।