अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाका अधिकांश सांसद युवा संघ र एमालेको स्कुलिङबाटै आएका छन्: महेश बस्नेत

रास्वपाका अधिकांश सांसद युवा संघ र एमालेको स्कुलिङबाटै आएका छन्: महेश बस्नेत


नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद र नेताहरु एमाले र युवासंघको स्कुलिङबाट आएकाहरू भएको बताउनु भएको छ ।

नेपालगञ्ज महाधिवेशनबाट युवा संघको अध्यक्षमा निर्वाचित क्षितिज थेबेको पदभार ग्रहणका क्रममा बस्नेतले यस्तो बताउनु भएको हो।

राष्ट्रिय युवा संघ नेपालको नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ पार्टीहरूमा पनि युवा संघका नेताहरू सांसद बनेका बताउनु भयो । उहाँले अहिले एमालेमा कुनै गुट नभएको जिकिर गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको लक्ष्य र उद्देश्य पूरा गर्न आफूहरू समाहित भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक समीकरण फेरेर राजनीतिक वेश्यावृत्ति गरेको आपोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड कमरेडले तनहुँ र चितवन लगायतमा बोल्नुभएको थियो। हामी एमालेसँग सहकार्य गरिरहेका थियौँ, मेरो ध्यान शेरबहादुर देउवातिर थियो । देउवासँग मेरो ‘डिप लभ’ परेको थियो भन्नुलाई राजनीतिक वेश्याको उपमा दिँदा हुन्छ। प्रचण्डको उक्त राजनीतिक प्रवृत्तिविरुद्ध युवा संघ लड्छ।’