अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारामा जसपाले बुथ कब्जा गर्‍यो: सिके राउत

बारामा जसपाले बुथ कब्जा गर्‍यो: सिके राउत


काठमाडाैं – जनमत पार्टीका अध्यक्ष सिके राउतले उपचुनावका क्रममा बारा-२ का विभिन्न ठाउँमा जसपाले बुथ कब्जा गरेको बताउनुभएकाे छ।

आज बारामा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले तीन-चार ठाउँमा जसपाले बुथ कब्जा गरेकाे बताउनुभयाे । जसपाका नेता-कार्यकर्ताले मतदातालाई डरत्रास देखाइरहेका उहाँले बताउनुभयाे।

अध्यक्ष राउतले भन्नुभयाे, ‘बिहानैदेखि पचराैताकाे बेलदारी बुथ कब्जा भएकाे अवस्था छ, त्यहाँ हाम्राे बुथ एजेन्टलाई छिर्न दिइएकाे छैन, जसपाका कार्यकर्ताले काटदिन्छाैं भनिरहेका छन्, त्यहाँ तीन-चार दिनअघिदेखि नै अरुलाई प्रचारका लागि छिर्न दिइएकाे थिएन, देवतालकाे झिट्कैया बुथमा पनि त्यस्तै छ ।’

इच्छाएकाे व्यक्तिले अरुकाे हकमा मतदान गर्न सक्ने भनेर शनिबार देवतालमा सर्वदलीय बैठककाे नाममा मान्युट गराउने काम भएकाे बताउनुभयाे ।

अरु १-२ वटा बुथ पनि कब्जा भएकाे अवस्था रहेकाे भन्दै अध्यक्ष राउतले प्रहरी प्रशासन पनि सत्ता पक्षतिर लागेकाे बताउनुभयाे। प्रहरीले प्रशासनले सुरक्षा दिन नसकिने बताएकाे समेत उहाँले बताउनुभयाे ।