अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन-२: कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान पुनः सुरू

चितवन-२: कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान पुनः सुरू


चितवन – चितवनको भरतपुर महानगरपालिका-७ स्थित राष्ट्रिय मावि कृष्णपुरमा रोकिएको मतदान पुनः सुरु भएको छ।

मतदान स्थल बाहिर नाराबाजी भएपछि केहीबेर रोकिएको मतदान पुनः सुचारु भएको सो केन्द्रका  मतदान अधिकृत रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

मतदान अधिकृत श्रेष्ठले भन्नुभयो, ‘रास्वपाका उम्मेदवार रवि लामिछाने विरुद्ध अन्य दलहरूका प्रतिनिधिहरूले नाराबाजी गरेपछि आधा घण्टा जति रोकिएको मतदान प्रक्रिया सुचारु भएको हो ।’

उहाँका अनुसार आचारसंहिता उल्लघंनकर्तालाई आयोगले नै कारबाही गर्ने सहमति भएपछि मतदान पुनः सुरु गरिएको हो।