चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उल्लंघन गरेको स्वीकार गर्दै माफी मागेपछि चितवनको नयाँ किरण माविमा मतदान सुचारु भएको छ।
चितवन २ अन्तर्गत नयाँ किरण कमलकुसुम मावि भरतपुर ११ मतदान केन्द्रमा रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेको छ । मतदानस्थलमा घण्टी बजाउँदै नाराबाजी गरेपछि झडप भएको थियो ।
झडपका कारण स्थगित भएको मतदान सर्वदलीय सहमतिसँगै ४ घण्टापछि सुचारु भएको छ। दलहरूबीच ४ बुँदे सहमति भएको छ।








प्रतिक्रिया