तनहुँ – तनहुँमा ४ बजेसम्म ४८ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचनका कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार केहीबेर अघिसम्म ४८ प्रतिशत मत खसेको हो । तनहुँ-१ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र रहेका छन्।
तनहुँमा कांग्रेसका तर्फबाट गोबिन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, रास्वपाका स्वर्णिम वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ-१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन्। भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् ।






प्रतिक्रिया