काठमाडौं- चितवन क्षेत्र नम्बर २ को मतगणनाका लागि तयारी थालिएको छ। उपनिर्वाचनका क्रममा आइतवार मतदान सकिएपछि मत गन्ने तयारीस्वरुप गणनास्थलमा फलामे बारले घेरिएको छ।
२०७४ को स्थानीय निर्वाचनमा माओावदी कार्यकर्ताले मतपत्र च्यात्ने र चपाउने काम गरेपछि देशभरका मतगणनास्थलमा ताराबारले घेर्ने क्रम सुरु भएको हो। त्यहीक्रममा यस पटक पनि निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा ताराबार गरिसकेको छ।
चितवन २ को मतगणनाका लागि भरतपुर महानगरपालिका १० स्थित प्रदर्शनी केन्द्रमा हुँदैछ।
मतगणनास्थलमा सीसी क्यामरा जोडिएको छ भने फलामे तारबार पनि गरिएको छ।
चितवन २ मा सबै ठाउँमा ५ बजे मतदान सकिएको छ। तर भरतपुर महानगरपालिका ११ स्थित नयाँकिरण माविमा ४ घण्टाभन्दा धेरै मतदान रोकिएको थियो।
त्यहाँ अझै केही घण्टा मतदान हुनेछ। त्यसपछि मतपत्र संकलन थालिनेछ। सबै केन्द्रबाट मतपेटिका आएपछि मतगणना सुरू गरिँदैछ।
यो क्षेत्रमा चितवनको इच्छाकामना र कालिका नगरपालिकाको विकट पहाडी क्षेत्र छ। त्यहाँको मतपेटिका भरतपुर ल्याइपुर्याउन रातिसम्म लाग्न सक्छ।






प्रतिक्रिया