अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाराको मतगणना लाइभ गर्न सिके राउतको माग

बाराको मतगणना लाइभ गर्न सिके राउतको माग


काठमाडौं -जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा -२ उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गर्नु भएको छ। बारा- २ स्थित सुवर्ण गाउँपालिकाका ४ वटा बाकसमा सिल टुटेको भन्दै राउतले मतगणनाको लाइभ गर्न माग गर्नुभएको हो।
अध्यक्ष राउतले सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै लेख्नु भएको छ , ‘बारा- २ मा मतगणना स्थलको लाइभ हुनुपर्छ।‌ सप्तरी-२ मा हामीले भोगिसकेका छौं, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेको थियो। प्रहरी प्रमुखको मिलेमतो थियो।’
बारा २ मा सुवर्ण गाउँपालिकाका ४ वटा बाकसको सिल टुटेको भेटिएको छ। आइतबार बारा- २, चितवन २ र तनहुँ- १ मा उपनिर्वाचन भएको थियो।