अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा-२ को मतगणना सुरु

बारा-२ को मतगणना सुरु


बारा- बारा-२ को मतगणना सुरु भएको छ। आइतबार भएको निर्वाचनको मतगणना सर्वदलीय बैठकपछि सुरु भएको हो।कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो । करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो । ती पालिकाका ६, ६ वटा मतपेटिका खोलिएको छ । 

बारा २ मा ६३ दशमलव ५६ प्रतिशत मतदान भएकाे छ। बारा २ मा जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र नेकपा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार हुनुहुन्छ ।