चितवन – चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएपनि दुई बजेपछि मात्र गणना सुरु भएको हो।
सोमबार बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेबाट मत गणना गर्ने सहमति भएपनि २ बजेबाट मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार इच्छामनकामना गाविस १ र ३ वडाबाट मत गणना सुरु भएको हो ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धी उम्मेदवारका रुपमा रहेका छन् ।






प्रतिक्रिया