अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन भएका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना जारी

उपनिर्वाचन भएका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना जारी


काठमाडौँ – वैशाख १० गते आइतबार उपनिर्वाचन सम्पन्न भएका बारा-२, चितवन-२ र तनहुँ १ मा धमाधम मतगणना सुरु भएको छ। तनहुँ १ मा गएरातिदेखि नै मतगणना सुरु भइरहेको हो भने बारा २ र चितवन २ मा सोमबार दिउँसोदेखि मतगणना सुरु भएको हो । 

मतगणना सुरु भएदेखि नै तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिनुभएको छ । उहाँलाई कांग्रेसका गोविन्द भट्टराईले पछ्याएपछि मतान्तर धेरै छ । यस्तै एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा रहँदा अन्य उम्मेदवारले उल्लेखनीय मत पाउन सकेका छैन।

यस्तै बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक अग्रता लिनुभएको छ। उहाँलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याउँदा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेलले पछ्याइ रहनुभएको छ। बारा २ मा ३४ जना उम्मेदवार छन् । 

यसैगरी चितवन २ मा रास्वपाका पनि केहीबेर अघिदेखि मतगणना सुरु भएको छ। चितवनमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेसहित २२ जना उम्मेदवार हुनुहुन्छ।