अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा प्रचण्ड, ओली र देउवाबीच छलफल

सिंहदरबारमा प्रचण्ड, ओली र देउवाबीच छलफल


काठमाडौं – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता गर्नुभएको छ।

संसदीय समितिको भागबण्डा, टिआरसी विधेयक लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा तीन दलका शीर्ष नेताबीच बैठक भइरहेको हो ।  

बैठकमा प्रधानमन्त्रीसहित एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ। त्यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक,एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा सहभागी हुनुहुन्छ।

एमालेले संवैधानिक परिषदबाट प्रधान न्यायाधीश नियुक्तिको सिफारिस गर्नुअघि संसदीय सुनुवाइ विशेष समिति गठन गरिनुपर्ने भनेको छ । त्यस्तै विषयगत समितिको सभापतिमा समेत सहमतिका लागि एमालेले प्रस्ताव राखेको छ ।