बारा-बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता बढाउनु भएको छ। यसअघिसम्मको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष तथा उम्मेदवार उपेन्द्र यादवले अग्रता लिनुभएको थियो। तर पछिल्लो मत परिणाम अनुसार यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिनुभएको हो ।
पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाउनु भएको छ भने जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५७१ मत पाउनु भएको छ ।
यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।






प्रतिक्रिया