अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन-२ मा रविलाई पछ्याउँदै एमालेका रामप्रसाद न्यौपाने

चितवन-२ मा रविलाई पछ्याउँदै एमालेका रामप्रसाद न्यौपाने


काठमाडौं – उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र-२ मा भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो अपडेट अनुसार  ३ हजार ५४३ मतगणना हुँदा लामिछानेले १ हजार ४९२ मतका साथ अग्रता लिनु भएको हो। उहाँलाई नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले १ हजार १३३ मतका साथ पछ्याइरहनु भएको छ। उहाँहरुबीच ३५९ मतान्तर छ।

यस्तै, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत ल्याउनु भएको छ । हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ । चितवनमा ७८ हजार २७७ मत खसेको छ।