अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते


सल्यान – सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। राप्ती लोकमार्गअन्तर्गत सोमबार दिउँसो छत्रेश्वरी गाउँपालिका ६ कल्लेखोला मोडमा जिप दुर्घटना भएको हो।

सल्यानको फलाबाङबाट श्रीनगर आउँदै गरेको लु १ ज ९७२७ नम्बरको डबलक्याप जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार सल्यान शारदा नगरपालिका अम्रईटाकुराकी ५८ वर्षीया गोमा बोहरा, २९ वर्षीय सागर बोहरा, ३८ वर्षीया कमला बुढाथोकी‚ ३३ वर्षीय गोविन्द बोहरा र ४३ वर्षीय गोपीलाल बोहरा घाइते भएका छन्।

घाइते सबैको श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइतेमध्ये गोमाको अवस्था गम्भीर रहेको छ ।