अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सुनको मूल्य घट्यो

 सुनको मूल्य घट्यो


काठमाडौँ-स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँ घटेर कारोबार भएको हो । आइतबार सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँका कारोबार भएको महासंघले जनाएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज सोही मूल्यमा कारोबार भइरहेको छ ।