काठमाडौँ-नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८१ पैसा र बिक्री दर १४४ रुपैयाँ ४७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ७१ पैसा र बिक्री दर १६४ रुपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।







प्रतिक्रिया