अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारीले आज सिंहदरबार प्रवेशमा रोक लगाउने

कर्मचारीले आज सिंहदरबार प्रवेशमा रोक लगाउने


काठमाडौँ-वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यक्रम अनुसार आज  सिंहदरबार प्रवेशमा रोक लगाउन लागिएको हो ।  

नेपाल निजामती कर्मचारी सङ्गठनका अनुसार वैशाख १९ गते  मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवलाई ‘सङ्घीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराइएको थियो भने २० गते प्रधानमन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कानुन न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई देशैभरीबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराई सकिएको छ ।

आज भने सिंहदरबार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई ‘सिंहदरबार प्रवेश नगर्न’ आव्हान गर्ने निर्णय भएको बताइएको छ ।  आज  कर्मचारीहरू सिंहदरबार जाने छैनन् भने अरूलाई पनि प्रवेशमा रोक लगाउने तयारी गरेका छन् ।