अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य


काठमाडौँ-नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँ बढेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।