अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकारका संगठनको दबाबपछि लोककल्याणकारीको रकम कटौती गर्ने निर्णयबाट सरकार पछि हट्यो

पत्रकारका संगठनको दबाबपछि लोककल्याणकारीको रकम कटौती गर्ने निर्णयबाट सरकार पछि हट्यो


काठमाडौं- विज्ञापन बोर्ड मार्फत छापा माध्यमलाई सरकारले उपलब्ध गराइरहेको लोककल्याणकारी विज्ञापनको बजेट कटौती गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।
आज पत्रकार सम्बद्ध मुख्य संगठनका अध्यक्ष सहितको प्रतिनिधी मण्डलले अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर संकटको समयमा मिडियाले पाइरहेको रकम कटौती गर्न नहुने जानकारी गराएका थिए । डेलिगेसनमा सहभागी प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार बजेटको अभाव देखाउदै सञ्चार मन्त्रालयले कटौतीको सुचना दिएका लोक कल्याणकारी विज्ञापनको रकम यथावत कायम गरिदिन गरेको आग्रहमा मन्त्री महत सकारात्मक हुनु भएको छ ।
‘पत्रकारका संगठनका अध्यक्षहरुले सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गरे आफूहरु हामीहरु देशैभरीबाट आन्दोलनमा उत्रन्छौं भनेपछि मन्त्रीले चालु आर्थिक वर्षको सबै रकम निकासा गरिदिनु प्रतिवद्धता जनाउनु भएको छ ’ बस्नेतले भन्नुभयो ।
सरकारले आर्थिक संकटको कारण देखाउदै जेठ १५ देखि असार मसान्तसम्म डेढ महिनाको २ करोड ४६ लाख रुपैंया भुक्तानी गर्न नसकिने भएकोले विज्ञापन रोक्न विज्ञापन बोर्डलाई निर्देशन दिएको थियो ।
आजको डेलिगेसनमा चौतारी अध्यक्ष बस्नेत,प्रेस यूनियनका अध्यक्ष शिव लम्साल,प्रेस सेन्टरका महासचिव सन्तोष पौडेल लगायत हुनुहुन्थ्यो ।
सरकारको यो निर्देशनपछि बोर्डले पत्रकार महासंघ लगायत प्रेस चौतारी नेपाल,प्रेस यूनियन,प्रेस सेन्टरका अध्यक्षहरुलाई सरकारले पठाएको निर्देशनका बारेमा जानकारी गराएको थियो ।