अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने नाउपाको तयारी 

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने नाउपाको तयारी 


कैलाली-नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिइएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री शाहले सरकार विस्तारको क्रममा आफूहरूलाई बेवास्ता गरेको भन्दै नाउपाले समर्थन फिर्ता लिने जनाएको हो । 

शनिबार मुख्यमन्त्री शाहले नाउपालाई बाहिरै राखेर आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नाउपाले  २ मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिने जनाएको हो । 

नाउपाले समर्थन फिर्ता लिएपनि शाह नेतृत्वको प्रदेश सरकार सुरक्षित छ । 

५३ सदस्यीय प्रदेशसभामा बहुमतको सरकारका लागि २७ जना चाहिन्छ । नाउपा बाहिरै बसेपनि मुख्यमन्त्री शाहसँग स्पष्ट बहुमत देखिन्छ । ५३ सदस्यीय प्रदेशसभामा सत्तारुढ दलमध्ये नेपाली कांग्रेसका १९, माओवादीका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १०, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।