अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ सरकारको आर्थिक सर्वेक्षण (पूर्णपाठ)

यस्तो छ सरकारको आर्थिक सर्वेक्षण (पूर्णपाठ)


काठमाडौँ-सरकारले आर्थिक वर्ष २०७९-८०  को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएको हो।

आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९-८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान गरिएको उल्लेख छ। ‘चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन सङ्कुचन हुने अनुमान छ। त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ’, सर्वेक्षणमा भनिएको छ। 

आर्थिक वर्ष २०७९-८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने सरकारको अनुमान छ। ऊर्जा उत्पादनमा वृद्धि भएको कारण विद्युत्, ग्यास, वाष्प र वातानुकुलित क्षेत्रको उत्पादन भने १९.० प्रतिशतले विस्तार हुने अनुमान पनि सरकारको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा ५.२६ प्रतिशत रहेको थियो ।