अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज बालकृष्ण खाण र टेकनाथ रिजालको बयान 

आज बालकृष्ण खाण र टेकनाथ रिजालको बयान 


काठमाडौँ-नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजबाट हुने भएको छ । शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री खाण र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो । 

सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हिजो बयान लिएका थिए । 

आज खाण, रिजाल र हरिभक्त महर्जनको बयान लिने कार्य सुरु हुनेछ । महर्जनले हिजो मात्रै आत्मसमर्पण गरेका थिए । सो प्रकरणमा मुछिएकाहरूको बयान गत जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।