अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सिन्धुली र रामेछाप जोड्ने सुनकोशीको भत्केको बेली ब्रिज जडान सुरु

सिन्धुली र रामेछाप जोड्ने सुनकोशीको भत्केको बेली ब्रिज जडान सुरु


काठमाडौं-सिन्धुली र रामेछाप जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथिको भत्केको बेली ब्रिज जडान कार्य सुरु भएको छ।

२०८१ असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ स्थित खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्ग बीचमा रहेको सुनकोशी नदीको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाई आवागमन पूर्णरुपमा अवरुद्ध भएको हुँदा उक्त पुल मर्मत गरी आवागमन सुचारु गर्न असोज १९ गतेबाट खटिएको प्राविधिक सहितको नेपाली सेनाको टोलीले उक्त स्थानमा आज असोज २० गतेबाट बेली ब्रिज जडान कार्य सुरु गरेको हो।

उक्त पुलको निर्माणपछि राजमार्ग सञ्चालन हुनेछ । दसैंअघि नै सडक सुचारु हुनेगरी कार्य अघि बढाइएको बताइएको छ ।