अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक सुरु,नेताहरुको व्यापक रुपमा जिम्मेवारी हेरफेरको सम्भावना

एमाले सचिवालय बैठक सुरु,नेताहरुको व्यापक रुपमा जिम्मेवारी हेरफेरको सम्भावना


काठमाडौं नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यलय च्यासलमा सुरु भएको बैठकले आज केन्द्रीय सदस्यहरुको व्यापक रुपमा जिम्मेवारी हेरफेर गर्ने सम्भावना छ ।
बैशाख २८ देखि भएको केन्द्रीय कमिटी बैठकले पारित गरेको एक वर्षे अभियानको थप कार्ययोजना सहित आजको बैठकमा महासचिव शंकर पोखरेलले पेश गर्ने कार्यक्रम रहेको छ । जस अन्तरगत सबै जिल्लाका इन्चार्ज र सहइन्चार्जको पद आजै देखि निस्क्रिय गर्ने तयारी छ । जिल्लामा पार्टी स्थायी कमिटी वा पोलिटव्यूरो सदस्यलाई इन्चार्जको जिम्मेवारी तोकिने र पालिकामा केन्द्रीय सदस्यलाई इन्चार्ज तोक्ने प्रस्ताव गरिएको छ । यस अघि चर्चा भएजस्तो केन्द्रीय सदस्यहरुलाई साविक भूगोल भन्दा बाहिरका पालिकामा जिम्मेवारी दिने कुरामा पुनविर्चार भएको एमाले स्रोतले जनाएको छ ।
स्रोतका अनुसार पार्टीमा युवाहरुको आकर्षण बढाउन हरेक कमिटीहरुमा ३५ वर्ष भन्दा कम उमेरका युवालाई ३५ प्रतिशत नै आरक्षण गर्ने प्रावधान लागु गर्न पनि आजको बैठकमा प्रस्ताव गर्ने तयारी छ । तल्ला कमिटीबाट यो प्रावधान लागु गर्दै आगामी महाधिवेशनमा केन्द्रीय कमिटीमा लागु गर्ने पार्टी केपी शर्मा ओलीको योजना रहेको सचिवालयका एक नेताले जानकारी दिए ।