अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी


काठमाडौं-नेकपा (एमाले)को सचिवालय बैठक अहिले बसिरहेको छ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यलय च्यासलमा सुरु भएको बैठकले आज केन्द्रीय सदस्यहरुको व्यापक रुपमा जिम्मेवारी हेरफेर गर्ने सम्भावना छ।

वैशाख २८ देखि भएको केन्द्रीय कमिटी बैठकले पारित गरेको एक वर्षे अभियानको थप कार्ययोजना सहित आजको बैठकमा महासचिव शंकर पोखरेलले पेश गर्ने कार्यक्रम रहेको छ। जस अन्तरगत सबै जिल्लाका इन्चार्ज र सहइन्चार्जको पद आजैदेखि निस्क्रिय गर्ने तयारी छ। जिल्लामा पार्टी स्थायी कमिटी वा पोलिटव्यूरो सदस्यलाई इन्चार्जको जिम्मेवारी तोकिने र पालिकामा केन्द्रीय सदस्यलाई इन्चार्ज तोक्ने प्रस्ताव गरिएको छ। यस अघि चर्चा भएजस्तो केन्द्रीय सदस्यहरुलाई साविक भूगोल भन्दा बाहिरका पालिकामा जिम्मेवारी दिने कुरामा पुनविर्चार भएको एमाले स्रोतले जनाएको छ ।

गत फागुनदेखि वैशाखसम्म चलेको ‘मिसन ग्रासरूट’ अभियान प्रभावकारी भएकाले थप एक वर्षसम्म केन्द्रीय सदस्यहरूलाई त्यसरी परिचालन गर्ने केन्द्रीय कमिटीको निष्कर्ष थियो। त्यस्तै केन्द्रीय कमिटी बैठकले वार्षिक कार्ययोजना बनाएर केन्द्रीय नेताहरूलाई कार्यक्षेत्रमा खटाउने निर्णय गरेको थियो।

एमालेले २०८० चैत मसान्तभित्रमा सबै तहगत कमिटीका अधिवेशन सक्ने कार्ययोजना बनाएको छ। त्यस्तै असार १ गतेदेखि ‘मिसन ग्रासरूट’ थप विस्तार गर्ने लक्ष्यसहित संगठन सुदृढीकरण र परिचालनको नयाँ कार्ययोजना पनि एमालेले बनाइरहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।आजको बैठकले त्यसलाई अन्तिम रूप दिनेछ।