अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सात घण्टादेखि एमाले सचिवालय बैठक जारी

सात घण्टादेखि एमाले सचिवालय बैठक जारी


काठमाडौँ-नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सात घण्टायता बसिरहेको छ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा नागरिकता विधेयक, जन्मकैदको फैसला भएका रेशम चौधरीको आम माफी, प्रधानमन्त्रीको भारत भ्रमण, संसदमा जेठ १५ गते पेश भएको बजेट र केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ।

वैशाख २८ देखि भएको केन्द्रीय कमिटी बैठकले पारित गरेको एक वर्षे अभियानको थप कार्ययोजना सहित आजको बैठकमा महासचिव शंकर पोखरेलले पेश गर्ने कार्यक्रम रहेको छ। जस अन्तरगत सबै जिल्लाका इन्चार्ज र सहइन्चार्जको पद आजैदेखि निस्क्रिय गर्ने तयारी छ। जिल्लामा पार्टी स्थायी कमिटी वा पोलिटव्यूरो सदस्यलाई इन्चार्जको जिम्मेवारी तोकिने र पालिकामा केन्द्रीय सदस्यलाई इन्चार्ज तोक्ने प्रस्ताव गरिएको छ। यसअघि चर्चा भएजस्तो केन्द्रीय सदस्यहरुलाई साविक भूगोल भन्दा बाहिरका पालिकामा जिम्मेवारी दिने कुरामा पुनविर्चार भएको एमाले स्रोतले जनाएको छ।
स्रोतका अनुसार पार्टीमा युवाहरुको आकर्षण बढाउन हरेक कमिटीहरुमा ३५ वर्ष भन्दा कम उमेरका युवालाई ३५ प्रतिशत नै आरक्षण गर्ने प्रावधान लागु गर्न पनि आजको बैठकमा प्रस्ताव गर्ने तयारी छ। तल्ला कमिटीबाट यो प्रावधान लागू गर्दै आगामी महाधिवेशनमा केन्द्रीय कमिटीमा लागु गर्ने पार्टी केपी शर्मा ओलीको योजना रहेको सचिवालयका एक नेताले जानकारी दिए ।