अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् नयाँ फेला परेका १३ मातृभाषीहरु (सबै भाषाको जनसंख्या सहित)

यी हुन् नयाँ फेला परेका १३ मातृभाषीहरु (सबै भाषाको जनसंख्या सहित)


काठमाडौं -राष्ट्रिय जनगणना २०७८ अनुसार नेपाल १७ जाती र १३ भाषाभाषीका मानिसहरु थपिएका छन् ।
२०६८ को जनगणनामा १ सय २५ जातजातीको बसोबास भएको नेपालमा २०७८ मा १ सय ४२ जातीको बसोबास पाइएको छ । यसैगरी २०६८ मा १ सय २३ भाषाभाषी रहेकोमा यस पटक १ सय २४ पुगेको छ । तर तथ्यांक कार्यलयले अघिल्लो जनगणनामा विभिन्न वैदेशिक भाषा बोल्ने मानिसहरुलाई अलग भाषीका रुपमा उल्लेख गरेको थियो । यस पटक १२ वटा वैदेशिक भाषाहरुलाई ‘अन्य’ भनेर एकै ठाउँमा राखेको छ । नेपाल भित्र बोलिने थप १३ वटा नयाँ भाषालाई अलग पहिचान सहित सुचिकृत गरेको छ ।
‘नेपालमा बसेका विदेशी नागरिकहरुले बोल्ने भाषालाई अघिल्लो जनगणनामा अलग अलग पहिचान दिएर राखिएको थियो तर यस वर्ष त्यस्ता सबै भाषालाई विज्ञहरुको सुझावमा अन्यमा राखियो’ तथ्यांक कार्यलयका जनगणना शाखा प्रमुख ढुण्डीराज लामिछाने भन्नुहुन्छ ‘नेपालका विभिन्न जातजातीले बोल्ने थप १२ वटा नयाँ भाषाहरु फेला परेका छन् । ’
कार्यलयका अनुसार भोटे,लोवा,चुम÷नुर्वी,बर्गुन्वा,नर्फू,रानाथारु,कर्मरोङ,मुगाली,टिचुरोङ पोइक,साद्री,डोन,मुण्डा÷मुडियारी,केवरत नयाँ फेला परेका भाषाभाषीहरु ह्ुन् ।
कार्यलयका अनुसार नेपाली भाषीहरुको संख्या सबभन्दा ठूलो छ । ४४.८६ प्रतिशत नेपालीहरुले नेपाली भाषालाई आफ्नो मातृभाषाको रुपमा स्विकारेका छन् । दोस्रोमा मैथीली भाषीहरु ११.०५ प्रतिशत रहेका छन् । तेस्रोमा भोजपुरी भाषी ६.२४ प्रतिशत छन् भने चौथोमा थारु भाषीहरु ५.८८ र पाँचौमा तामाङ भाषीहरु ४.८८ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यलयले जनाएको छ ।