अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णालीको प्रदेश इन्चार्ज लेखराज भट्ट : जिल्ला इन्चार्ज को को ?

एमाले कर्णालीको प्रदेश इन्चार्ज लेखराज भट्ट : जिल्ला इन्चार्ज को को ?


काठमाडौं -नेकपा एमालेको सचिवालय बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा कर्णालीमा दुई स्थायी कमिटी सदस्य सहित केन्द्रीय सदस्यहरुलाई विभिन्न जिल्लाको इन्चार्ज बनाएर पठाएको छ ।
एमाले मुख्यालय स्रोतका अनुसार यस अघि प्रदेश इन्चार्ज रहेका यामलाल कडेललाई दैलेख जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ । यसैगरी स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीलाई सुर्खेतको इन्चार्ज बनाइएको छ । केन्द्रीय सदस्यहरु भैरवसुन्दर श्रेष्ठलाई सल्यान पठाइएको छ । नवराज रावतलाई कालिकोटो इन्चार्ज बनाइएको छ भने मोहन बाँनियालाई जुम्ला पठाइएको छ । नगेन्द्र शाही नेल्सनलाई हुम्लाको इन्चार्ज बनाइएको छ भने प्रेम बहादुर सिंहलाई डोल्पा खटाइएको छ । राजबहादुर बुढालाई मुगुको जिम्मेवारी दिइएको छ भने लक्ष्मी पोखरेललाई जाजरकोट पठाइएको छ । यसैगरी गुलावजंग शाहलाई रुकुम पश्चिमको इन्चार्ज बनाइएको एमालेले जनाएको छ ।
पार्टीले सातैवटा प्रदेशमा जनसंगठन,पार्टी स्कूल र प्रचारको कामलाई चुस्त र व्यवस्थित पार्नका लागि तीनजना नेताहरुलाई इन्चार्जको रुपमा जिम्मेवारी दिएको छ । यस अनुसार कर्णालीमा जनसंगठनतर्फ गुलावजंग शाह,पार्टी स्कूलतर्फ विष्णु रिजाल र प्रचारको इन्चार्ज निरज आचायलाई जिम्मेवारी दिएको छ ।
बाँकी रहेका केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मेवारी दिएर भूगोलमा खटाइएको छ । सबै केन्द्रीय सदस्यहरुको जिम्मेवारीको सुची आजसाँझ सम्ममा अन्तरपार्टी निर्देशन मार्फत सार्वजनिक गरिने एमाले स्रोतले जनाएको छ ।
कर्णालीको प्रदेश इन्चार्जमा पार्टी सचिव लेखराज भट्टलाई तोकिएको छ ।