अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको अभिव्यक्तिको विरुद्ध एमालेले आज विरोध प्रदर्शन गर्ने

प्रधानमन्त्रीको अभिव्यक्तिको विरुद्ध एमालेले आज विरोध प्रदर्शन गर्ने


काठमाडौँ-काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली भूभाग कालापानी भारतसँग सट्टापट्टा गर्न सकिने भनेर दिएको अभिव्यक्तिको विरुद्धमा नेकपा एमालेले आज विरोध प्रदर्शन गर्ने भएको छ ।
एमालेको सम्पर्क समन्वय कमिटीको आयोजनामा आज दिउसो २.३० बजे देखि माइतीघरमाा विरोध प्रदर्शनको तयारी गरिएको सम्पर्क समन्वय कमिटीका इन्चार्ज श्याम बस्नेतले जानकारी दिनुभयो । 

सम्पर्क समन्वय कमिटीले  आज माइतीघर मण्डलामा राष्ट्रघात, जनघात तथा भ्रष्टाचार विरुद्ध विशाल विरोध प्रदर्शन गर्ने भएको हो । 

सम्पर्क समन्वय कमिटी, प्रदेश सम्पर्क कमिटी, जिल्ला सम्पर्क मञ्च, पालिका सम्पर्क मञ्चलगायत सम्पर्क मञ्चलाई विशाल विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ ।