अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसका तीन जिल्ला इन्चार्जको जिम्मेवारी महिला नेतालाई 

मधेसका तीन जिल्ला इन्चार्जको जिम्मेवारी महिला नेतालाई 


जनकपुर-नेकपा एमाले पार्टी कामलाई चुस्त बनाउनका लागि नेताहरूको भूगोलको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । यसक्रममा मधेस प्रदेशको इन्चार्जमा पार्टी सचिव योगेश भट्टराईलाई खटाएको छ भने आठ वटै जिल्लाका इन्चार्ज पनि परिवर्तन गरेको छ । 

जिल्ला सहइन्चार्जको भूमिका निष्क्रिय पारेको छ । मधेसमा कोशी प्रदेशका केन्द्रीय सदस्यलाई पनि इन्चार्ज बनाएर पठाइएको छ । मधेसका आठवटा जिल्ला मध्ये तीनवटा जिल्लाको जिम्मेवारी महिला नेतालाई दिइएको छ ।

 एमाले स्रोतका अनुसार पर्साको इन्चार्जमा अच्युत मैनालीलाई जिम्मेवारी दिएको छ भने बारामा रामदयाल मण्डललाई दिइएको छ । यसैगरी सर्लाहीमा ज्वाला कुमारी साहलाई इन्चार्ज बनाइएको छ । यसैगरी सिराहामा सुमन प्याकुरेल, रौतहट पुरुषोत्तम पौडेल, धनुषामा लिलानाथ श्रेष्ठलाई इन्चार्ज बनाइएको छ । यसैगरी महोत्तरीमा जुली महतोलाई इन्चार्ज बनाइएको छ भने सप्तरीमा कोशी प्रदेशको उदयपुरबाट मञ्जु चौधरीलाई ल्याएर इन्चार्जको जिम्मेवारी दिइएको छ । 

मधेसमा रहेका अन्य केन्द्रीय सदस्यहरूलाई विभिन्न पालिकाको इन्चार्जको जिम्मेवारीमा पठाइएको नेताहरूले जनाएका छन् । आज साँझसम्ममा सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारीसहितको अन्तरपार्टी निर्देशन जारी गर्ने तयारी रहेको एमाले मुख्यालयले जनाएको छ ।

सचिवालयको बैठकले मधेस प्रदेशमा नेताहरुको यसरी जिम्मेवारी विभाजन गरिएपनि कुनै नेताको जिम्मेवारी तलमाथि हुनसक्ने जनाइएको छ ।