अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकता विधेयकका सम्बन्धमा योगेश भट्टराईको प्रश्न : संसदलाई दिउसै ढाँट्ने ?

नागरिकता विधेयकका सम्बन्धमा योगेश भट्टराईको प्रश्न : संसदलाई दिउसै ढाँट्ने ?


काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिले सँसदलाई दिउसै ढाँटेको बताउनुभएको छ ।
प्रतिनिधीसभाको आजको बैठकमा बोल्दै भट्टराईले सो कुरा बताउनुभएको हो । भट्टराईले मृत भइसकेको नागरिकता विधयेक प्रमाणित गरेर रामचन्द्र पौडेलले सँसदलाई दिउसै ढाँट्ने ? योगेशको प्रश्न छ ।
मृत भएको नागरिकता विधेयक व्यूताउने अधिकार भएका प्रधानमन्त्रीले द्वन्द्वकालमा मृत्यू भएका १७ हजारलाई पनि व्यूताउनु पर्ने बताउनुभएको छ । ‘मृत भइसकेको नागरिकता विधेयक व्यूताउने अधिकार भएका प्रधानमन्त्रीले द्वन्द्वकालमा मारिएका १७ हजारलाई पनि एक पटक व्यूताइदिनुस्न त ’ भट्टराईको भनाइ छ ।,
राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधयेकमा सभामुखको रुपमा अग्नी सापकोटाको नाम उल्लेख भएका पत्र बाहिरिएको भन्दै भट्टराईले अहिलेका सभामुख सापकोटा कि दवराज घिमिरे ? भनेर प्रश्न गर्नुभएको छ । ‘जतिबेला अग्नी सपाकोटा सभामुख हुनुहुन्थ्यो,त्यतीबेला रामचन्द्र पौडेल राष्ट्रपति हुनुहुुन्थेन’ भट्टराईले भन्नुभयो ‘जतिखेर रामचन्द्र पौडेल राष्ट्रपति हुनुुहन्छ । त्यती बेला अग्नी सापकोटा सभामुख हुनुहुन्न ।’