अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई अब काँध हालेर हिँड्न सकिँदैन: गुरु घिमिरे

प्रचण्डलाई अब काँध हालेर हिँड्न सकिँदैन: गुरु घिमिरे


काठमाडौं-नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँध हालेर हिँड्न नसकिने बताउनु भएको छ।

जेठ १७ देखि २१ सम्म भएको चारदिने भ्रमणलाई लिएर विपक्षी दलहरुले घेराबन्दी गरिरहेका बेला सत्तारुढ दलका नेताले अब प्रचण्डलाई बोक्न नसकिने बताउनु भएको हो ।

उहाँले प्रचण्डले छिमेकीहरुसँग प्रष्ट रुपमा कुरा राख्न नसकेको बताउँदै नेपाल र नेपालीको शिर उँचो हुने गरी कुरो नराखेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘छिमेकी देशहरुसँग स्पष्ट रुपले आफ्नो देशको हितमा कुरा गर्न नसक्ने र आफूलाई परेका मर्का उठाउन नसक्ने नेतृत्वलाई अब  काँध हालेर हिँड्न सकिँदैन । भारत भ्रमणमा नेपाल र नेपालीको शिर उच्च हुनेगरि प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डलले सामान्य संवाद गरेको पनि देखिएन। यो अत्यन्त खेदजनक छ।’