अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री नेपालको इतिहासमै संसदमा निरीह बन्नुभयोः योगेश भट्टराई

प्रधानमन्त्री नेपालको इतिहासमै संसदमा निरीह बन्नुभयोः योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा निरीह भएको बताउनुभएको छ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बन्नुभएको बताउनु भयो ।

सांसद भट्टराईले प्रधानमन्त्रीको नागकिरता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको बताउनु भयो। उहाँले अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसदमा कुतर्क प्रश्तुत गरिरहेको भन्दै बिरोध जनाउनु भयो। उहाँले प्रधानमन्त्रीले संसदलाई ढाँट्न नमिल्ने पनि बताउनु भयो ।