अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री खप्तड उडेपछि राष्ट्रियसभाको बैठक स्थगित

प्रधानमन्त्री खप्तड उडेपछि राष्ट्रियसभाको बैठक स्थगित


काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल खप्तडतिर उडेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । जेठ १७ गतेदेखि २१ गतेसम्म भएको भारत भ्रमणबारे र नागरिकता विधेयकबारेमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितले जवाफ माग गरेका थिए।
त्यहीअनुसार प्रधानमन्त्रीले आजको राष्ट्रिय सभाको बैठकमा जवाफ दिने तयारी थियो। तर प्रधानमन्त्री खप्तड राष्ट्रिय सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम जाने भएपछि अन्तिम समयमा बैठक नै स्थगित भएको हो।

प्रधानमन्त्री खप्तडतिर लाग्ने भएपछि संघीय संसद्का महासचिव डा.भरतराज गौतमले अन्तिम समयमा सूचना निकालेर बैठक स्थगित गर्नु भएको हो । राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर ११ मिनेटमा बस्ने गरी निर्धारण गरिएको थियो।

प्रतिपक्षीहरुले प्रधानमन्त्रीको जवाफ माग्दै सोमबार पनि बैठकमा अवरोध गरेका थिए। अहिले पनि एमालेले प्रधानमन्त्री नबोलेसम्म राष्ट्रियसभा बैठक अघि बढ्न नसक्ने जनाएको छ।