बाँके-शिक्षण पेशामा आवद्ध नेपालगञ्ज उपमहानगरपालिका–१८ का रविन्द्र रेग्मीको मृत्यु भएको छ। सोमबार दिउँसो करिब २.३० बजेतिर बैठकमा जानुछ भन्दै घरबाट निस्किनुभएका रेग्मीको मङ्गलबार विहान राप्ती-सोनारी गाउँपालिकाको ढकेरीस्थित जङ्गलमा जलेको अवस्थामा शव फेला परेको हो।
भे ६ प ८२२४ नम्बरको मोटरसाइकलमा घरबाट निस्किनुभएका रेग्मीको राति १०.३० बजेपछि मोवाइल स्विचअफ भएको परिवारका सदस्यको भनाइ छ। ४३ बर्षीय रेग्मी आदर्श मावि राँझामा कार्यरत रहनुभएको थियो।
सडक किनारमा मोटरसाइकल रहेको र नजिकै रेग्मीको शव जलेको अवस्थामा भेटिएको स्थानीय ऐनबहादुर हमालले जानकारी दिनुभयो । घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले घटनाबारे अनुसन्धान सुरु भएको बताउनुभयो ।
प्रहरीले तालिमप्राप्त कुकुर समेत परिचालन गरेको जनाएको छ । रेग्मीको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा ल्याइएको छ ।





प्रतिक्रिया