अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली शरणार्थी प्रकरण : अभियुक्तको तर्फबाट आज पनि बहस जारी रहने

नक्कली शरणार्थी प्रकरण : अभियुक्तको तर्फबाट आज पनि बहस जारी रहने


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि अभियुक्तको तर्फबाट बहस जारी रहनेछ । आज अभियुक्त सानु भण्डारीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नेछन् । 

बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबारदेखि अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीले बहस सुरु गरेका हुन् ।